काठमाडौँ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एसइईलगायत सबै तहको पठन पाठन समयमै सक्न शिक्षकहरूलाई आग्रह गरेका छन्। मन्त्री पौडेलले एक सूचनामार्फत शैक्षिक तालिका नियमित गर्न यस्तो आग्रह गरेका हुन्।
‘समयमै पठनपाठन पूरा गर्न र सक्रियपूर्वक आ-आफ्ना जिम्मेवारी बहन गर्न शिक्षक,अभिभावक र विधार्थीहरूलाई विशेष अनुरोध गर्दछु,’सूचनामा भनिएको छ।