• मंसिर १३ २०८१, बिहीबार

१८ वर्षदेखि माथिका सबैलाई बुस्टर डोज लगाइने

माघ २७ २०७८, बिहीबार

काठमाडौं । सरकारले १८ वर्षदेखि माथिका सबैलाई बुस्टर कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ ।

आज बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै खोपको पूरा मात्रा लगाएको ६ महिना पुगेका १८ वर्ष र त्यसभन्दा माथिका सबैलाई बुस्टर लगाउने निर्णय भएको बताएको छ ।

खोप उपलब्धताका आधारमा कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

बुस्टर डोज प्रदान गर्दा स्वास्थ्यकर्मीलगायत अग्रपंक्तिमा खटिने व्यक्ति, ६० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिक, दीर्घरोगी र सामाजिक जनसांख्यिक रूपमा पिछडिएका व्यक्तिहरूलाई प्राथमिकता दिने मन्त्रालयले जनाएको छ ।