• बैशाख ६ २०८२, शनिबार

इन्जिनियरिङ कलेजका सञ्चालकहरूले मिलेर ८ करोड हिनामिना गरेको आरोप

माघ २७ २०७८, बिहीबार

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकहरूले संगठितरुपमा कलेजको ८ करोड रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संस्थापक अध्यक्ष लम्बोदरकुमार न्यौपानेसहित ७ जना विरुद्ध २४ करोड ८८ लाख २५ हजार पाँच सय १० रुपैयाँ जरिवाना र दुईदेखि १० वर्षसम्म जरिवानासहित विशेष अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो ।

विभागले लम्बोदर न्यौपानेसहित ७ जनाको नाममा रहेको विभिन्न जग्गाहरू र बैङ्क तथा शेयरसमेतका सम्पत्तिहरू रोक्का राखेको छ। जसमा राम रत्न उपाध्याय र इन्दिरा उपाध्यायलाई दुई करोड ५० लाख ७६ हजार एक सय २५ रुपैयाँ ६ पैसा, उपेन्द्र गौतमलाई चार करोड, ५९ लाख ३४ हजार चार सय २२ रुपैयाँ ६८ पैसा र लबराज भट्टराईलाई पाँच करोड ५९ लाख ११ हजार दुई सय रुपैयाँ दुई पैसा जरिवानासहित कसुरको मात्रा अनुसार कैद दाबी गरिएको छ।

यसैगरी सूर्य बहादुर केसीबाट भएको सम्पत्ति शुद्धीकरणको बिगो जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती प्रतिवादी प्रेम कुमारी केसीलाई दुई करोड ३४ लाख २१ हजार पाँच सय, हरि प्रसाद पाण्डेलाई दुई करोड ४३ लाख ४९ हजार दुई सय सात रुपैयाँ ३८ पैसा र प्रतिवादी दीपक प्रसाद भट्टराई बिगो जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती प्रतिवादी दीक्षित भट्टराईलाई ३६ लाख ५९ हजार जरिवाना तोकिएको छ।