• आश्विन १३ २०८१, आईतवार

के रोग लाग्दा के खाने, के नखाने ?

माघ २७ २०७८, बिहीबार

उच्च रत्ताचाप :

खान नहुने खानाहरु :
धेरै नुन, माछा, मासु, अमिलो, पिरो, जाँड, रक्सी आदि ।
खान हुने खानाहरु :
मकैको परिकार, तितो चिज, कम नुन, हरियो तरकारी आदि ।
लक्षण : प्रेसर रोगी दुई प्रकारका हुन्छन् । एउटा उच्च चाप र कम चाप, यी रोगीहरुमा धेरै प्रकारको लक्षणहरु देखा पर्दछन् । दुबै रोगीहरुमा देखिने लक्षणहरु निम्न प्रकारका छन् :
टाउको दुख्ने, चक्कर लाग्ने, झनक्क रिस उठ्ने, हातगोडा झम्झमाउने आदि ।

उपचार :
१.बिहान-बेलुका २/२ ग्राम सर्पगन्धाको धुलो खानाले उच्च रक्तचापमा फाइदा गर्छ ।
२.सुकेको धनियाँ र सर्पगन्धा एक ग्राम र पाँच दाना मरिचमा २ ग्राम मिश्री खानाले उच्च रक्तचापमा फाइदा गर्छ ।
३.२० तोला प्याजको रस, २० तोला मह र १० तोला मिश्री मिलाई एक तोला दैनिक खानाले रक्तचापमा फाइदा गर्छ ।
४. चिराइतो, तितेकरेला, निमको पताको चुणर् बनाई दिनमा २ चम्चाको दरले सेवन गरेमा यो रोग ठिक हुन्छ ।

पिनास

खान नहुने खानाहरु :
अमिलो, मोही, दही, चिसो पेय पदार्थ, जाँड, रक्सी आदि ।
खान हुने खानाहरु
मासु, दाल, गेडागुडी, हरियो तरकारी आदि ।

लक्षण :

पिनास भएका मानिसहरुमा निम्न प्रकारका लक्षणहरु पाइन्छ ।
ती निम्न प्रकारका छन् :- टाउकाको आधी पाटो दुख्नु, चिसो, गर्मीमा बढी टाउको सहनै नसक्ने गरी दुख्नु, आँखाको गेडा दुख्नु आदि हुन् । टाउकामा पहेंलो पानी जमेमा यस किसिमको लक्षणहरु देखा पर्दछन् त्यसैले पिनासको उपचार चाँडै नै गर्नुपर्छ । यस्तो अवस्थामा नाकबाट नै सोझै दबाइ सुँघेर झार्नु पर्दछ ।

उपचार :

१) रिट्ठाको बोक्रा र काफलको बोक्रा बराबरी मात्रामा पिंधेर बनेको धुलोको नश लिनाले पिनास ठिक हुन्छ ।
२) तितेपाती, काफल, असुरो, अदुवा, बेसार आदिलाई एउटा भाँडामा पकाउने र त्यो पानीको बाफ लिने, यसो गर्दा पिनास ठिक हुन्छ ।
३) वनतोरीको दानालाई पानीको भिजाएर १,२ थोपा दरले ५ दिनसम्म प्रयोग गरेमा ठिक हुन्छ । सावधान यो उपचार गर्दा अनुभवी बैद्यको सल्लाह लिनुपर्छ ।
४) क्यामुनाको बोक्रा, अभिजालो र अंकको दुध मिसाएर बनाएको नस लिंदा पनि ठिक हुन्छ ।

बाथ रोग तथा युरिक एसिड
खान नहुने खानाहरु :
गेडागुडी, माछा, मासु, चिसो फल, जाँडरक्सी, फापर आदि ।

खान हुने खानाहरु :

हरियो तरकारी, गर्मीखाले फलफूल आदि ।
लक्षण : गोडा दुख्नु, जोर्नीहरु दुख्नु, सुन्निनु यस रोगका लक्षणहरु हुन् ।
उपचार : यस किसिमका लक्षण देखिएमा वाथ रोगीहरुलाई आयुर्वेद दबाइबाट मात्र निको पार्न सकिन्छ । जसका लागि पखानवेद, नेपाली सुप दालचिनी, सुठो, पिप्ला, मरिच, असुरो र स्टार फूलको धुलो बनाई खानाले बाथ रोगमा जाती गर्छ । जटामसी र धतुरोको तेलले मालिस गरी धतुराको पातले सक्दा राम्रो हुन्छ ।