• मंसिर ७ २०८१, शुक्रबार

चीन र पाकिस्तान मिलेर बनाएको फाइटर विमान पाकिस्तानलाई हस्तान्तरण

माघ २७ २०७८, बिहीबार

इस्लामावाद । पाकिस्तानी हवाई सेनाले जेएफ-१७ थन्डर फाइटर जेट पाउने भएको छ । चीन र पाकिस्तान मिलेर विकास गरिएको पछिल्लो भर्सनको जेएफ-१७ थन्डर फाइटर जेट आगामी महिनाको अन्त्यमा प्राप्त हुने पाकिस्तानी वरिष्ठ प्रतिरक्षा अधिकारीले जानकारी दिएका छन् ।

पाकिस्तान एयर फोर्स (पीएएफ) का प्रवक्ताले यसलाई मार्च २३ को परेडमा सार्वजनिक गरिने उनको भनाइ छ ।

‘जेएफ-१७ थन्डर ब्लक थर्ड यो श्रृंखलाको पछिल्लो विमान हो, यसका सबै परीक्षण उडान पूरा भइसकेका छन्’ अरब न्यूजसँगको कुराकानीमा उनले भनेका छन् । यसको रोल आउट गत वर्षको डिसेम्बरमा भएको थियो ।

यो जेएफ-१७ थन्डर आधुनिक, हलुका, सबै मौसममा चल्ने, बहुभूमिका भएको फाइटर विमान हो । यसले आकासबाट आकासमा र आकासबाट सतहमा मार हान्नसक्छ ।

यो विमान पाकिस्तान एरोनउटिकल कम्प्लेक्स र छेङदु एयरक्राफ्ट इन्डस्ट्री कर्पोरेसनको सहकार्यमा चीनमा विकास गरिएको हो ।