कपिलवस्तु, माघ २७ ।
संचारकर्मी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खाँको पहल तथा नेपाल नेत्र ज्योति संघ, छन्द (कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वड़ा नं.१० मा निःशुल्क आँखा शिविर अञ्चालन गरिएको छ ।
वडाको बकौली तथा अमौलीमा संचालन भएको २ दिने शिविरमा २७३ जनाको आँखा चेकजाँच गरिएको थियो । २७३ जनाको चेकजाँच गर्दा ६१ जनामा मोतियाविन्दु रोग पत्ता लागेका थियो ।
रोग पत्ता लागेका विरामीलाई छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले आफ्नै सवारी साधन प्रयोग गरि अस्पताल लगि निःशुल्क अप्रेशन गराइएको थियो । जसमध्ये सो अवसरमा ७५ जना आँखाका विरामीलाई चस्मा तथा १२० जनालाई औषधि वितरण गरिएको अस्पताल प्रशासनले बताएको छ ।
नेत्रज्योति संघ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जले कपिलवस्तु जिल्ला भरिको ग्रामीण क्षेत्रमा पुगेर अस्पताल सम्म पुग्न नसक्ने गरिब, पीडित र असक्षम तथा वृद्धाहरुको लागि आँखा शिविर संचालन गरेको हो ।
संचारकर्मी शहबाज खानले यसरी जनालाई दिएको सेवाप्रति अस्पताल प्रशासन, स्वास्थ्यकर्मी, तथा सहयोगीहरुलाई हृदयदेखि धन्यवाद दिए । उनले आगामी दिनमा पनि उक्त अस्पतालबाट यस्ता कार्यक्रमहरु संचालन गरि असक्षम तथा वृद्धहरुलाई सेवा तथा सहयोग गर्ने आशा रहेको बताए ।
उक्त २ दिने आँखा शिविर कार्यक्रम सफल बनाउनको लागि पूर्वप्रधान मनबहाल खाँ, दिलशाद अहमद खाँ, बलवन्त गुप्ता, देविदिन यादव, मुर्तुजा खाँ लगायतहरुको महत्वपूणर् भूमिका रहेको थियो ।