काठमाडौं । ब्रम्हाण्ड आफैमा विद्युतीय चुम्वकीय क्षेत्र हो । यही नै ब्रह्माण्डको रहस्य पनि हो । ब्रह्माण्डको अस्तित्वमा चुम्बकीय अस्तित्वमा छ र चुम्बकीय अस्तित्वमा ब्रह्माण्डमा छ । यो चारैतिर छ ।
यसैले परमाणुलाई एकैठाउँमा बाँध्ने काम गर्छ । यस अतिसरिक्त इलेक्ट्रोनजस्तो परमाणुको सानो कणको सहयोगमा विभिन्न परमाणुलाई बाँधेर विद्युतीय प्रवाहमा क्रियाशील बनाइदिन्छ ।
हामी मानिसजस्ता जीवित प्राणी पनि अस्तित्वमा रहन र आफ्नो काम, कार्य तथा व्यवहारिकता सबै यसैमा भर परिरहेको हुन्छ । मानिसमा पनि कुनै आश्चर्यको वा नयाँ कुरा आयो भने सोच र उसका क्रियाकलापमा तरंग पैदा हुने गर्दछ ।
वस्तुगत हिसाबले, उदाहरणका रुपमा, हामीले पोखरीमा हात चाउँदा पानीमा तरङ्ग देखपरे झैँ परमाणुभित्र इलेक्ट्रोनको गतिले यस्तो तरङ्ग नियमित र निरन्तर बनाइरहेको हुन्छ ।
यसले विद्युत र चुम्बकीय तरङ्गको शक्तिलाई सोस्ने अर्को इलेक्ट्रोन नभेटेसम्म ब्रम्हाण्डभरि फैलिने गरिरहन्छ । यो तरङ्ग विभिन्न रुपमा आउँछ । तर कुनै कुनैले त आँखालाई बिगार्न पनि सक्छ ।
यही तरङ्गरुपी प्रकाशलाई हामीले विभिन्न रङको रुपमा देख्छौं । पानी परिरहेका बेला देखिएको सप्तरंगी इन्द्रेणी यसको खास उदाहरण हो । पृथ्वीमा पर्ने प्रकाश चुम्बकीय तरंगका कारण रंगीविरंगी देखिन्छ ।
प्रकाशको चुम्बकीय तरंगका कारण यो सधैं यस्तै रुपमा देखा पर्दछ । तर घाम–पानी एकसाथ रहेका बेलामा मात्र पानीले यसलाई पारदर्शी बनाइदिन्छ र हाम्रो नांगा आँखाले पनि देख्न सकिन्छ ।
सूर्यको प्रकाशमा रहने तरंगहरुमा रेडियो तरङ्ग माइक्रोवेभ, इन्फ्रारेड, अल्ट्राभायोलेट, एक्स रे र गामा रे हुन्छन् । जो अहिले चिकित्सा विज्ञानले भरपूर रुपमा प्रयोगमा ल्याइरहेको छ ।
कुनै पनि बस्तु भित्र परमाणु आफै पनि चलायमान हुन्छ । यसमा रहेको इलेक्ट्रोनले निरन्तर फन्को मारिरहेको हुनछ । प्रत्येक बस्तुहरुले हरदम विद्युतीय र चुम्बकीय तरङ्ग निकालिरहेको हुन्छ । हामी बसेको कोठाको सामान्य तापक्रममा सामान्यतया इन्फ्रारेड तरङ्ग उत्पन्न भैरहेको हुन्छ ।
तर अझ ताता बस्तुहरुमा इलेक्ट्रोन र एटमको कम्पन एकदम बढी हुने गर्छ । यसबाट हाम्रो आँखाले देख्न सकिने तरङ्ग वा प्रकाश उन्पन्न भैरहेको हुन्छ । अन्तरीक्षमा रहेका ताराजस्ता अत्यधिक ताता बस्तुहरुले पनि दावानल ज्वालासहित आँखाले देख्न सकिने ससाना प्रकाश उत्पादन गरिरहेका हुन्छन् ।
प्रकाशले कतै नाठोक्किइकन लामो दुरी पार गर्न सक्छन् । पछिल्लो समयमा पत्ता लागेको ‘क्वान्टम थ्यौरी’ ले यसलाई निकै रोचक र विश्वनीय तरिकाले अभिव्यक्त गरिसकेको छ ।
यो थ्यौरी अनुसार आँखाले नदेखिने कण वा क्वान्टम हाम्रो ब्रह्माण्डमा रहेका ग्रह, तारा, घर, रुख विरुवा पर्खाल र र सिंगै पृथ्वीमा ठक्करै नखाई सिधासिधा वारपार गरिरहेका हुन्छन् । यही सिद्धान्तका आधारमा अन्तरीक्ष निरन्तर फैलिरहेको छ भनेर व्याख्यासमेत गरिएको छ ।
यसको अर्थ पृथ्वीबाट टाढा रहेका तारा र ग्यालेक्सीहरु पृथ्वीबाट झनझन् टाढा हुँदै गैरहेका छन् । यसो हुँदा त्यहाँबाट पृथ्वीमा आउने प्रकाश पनि झन् तन्किदै गैरहेको छ । तरंगको नियम यस्तो हुन्छ, कि यो जति तन्कन्छ, उति नै टाढा जान्छ ।
यो नियम हाम्रो जीवन व्यवहारमा पनि लागू हुन्छ । हामी छोटो दुरीमा भन्दा सापेक्ष लामाो दुरीमा दगुर्दै गयौं भने अलि टाढासम्म लङपम्प गर्न सक्छौं । गुर्ता वा गुलेली जति तन्काएर मार हान्न सक्यो, उति नै मट्यांग्रो टाढा जान्छ ।
धनुषकाँडमा पनि यो नियम लागु हुन्छ । धनुको ताँदो जति पछाडि खिच्न वा तान्न सक्यो त्यसमाथि चढाइएको ताँदोले उति नै टाढा मार हान्न सक्छ । त्यसरी नै प्रकाश जति फैलन सक्यो, उति नै टाढा जान्छ ।
यही कारणले कैयौं प्रकाश वर्ष टाढा रहेका ग्यालेक्सी नांगा आँखाले पनि आकाशमा देख्न सकिन्छ । ती तारा वा ग्यालेक्सी जति टाढा छन्, उति नै चुम्बकीय तरंगको गतिमा लामो दुरी पार गरेर प्रकाश हामीकहाँ आइपुग्छ ।
यति टाढाबाट हामीकहाँ आउने प्रकाशको तरङ्ग निकै गतिवान हुँदा रातो देखिन आउँछ । यसलाई ‘रेड स्फिट’ भनिन्छ । अन्तिममा यो ‘रेड स्फिट’ झन् टाढा जाँदा प्रकाश देखिन छाड्छ । यो अदृश्य प्रकाश ‘इन्फ्रारेड’ बन्न जान्छ । पृथ्वीमा ‘माइक्रोवेभ ओभन’ मा प्रयोग गरिने तरङ्ग यही हो ।
ब्रम्हाण्डको उत्पत्तिका बारेमा हालसम्म बढी विश्वसनीय रहेको थ्यौरी महाबिस्फोट वा ‘बिग ब्याङ’ का बेलामा उत्पन्न भएको शक्तिशाली प्रकाशको अवस्था पनि यस्तै रहेको थियो भनिएको छ । लगभग १३० खर्ब वर्षको यात्रा पार गर्दै त्यो प्रकाश अहिले माइक्रोवेभ तरङ्गका रुपमा अन्तरीक्षको चारैतिर फैलिइरहेको छ । (एजेन्सीको सहयाोगमा)