काठमाडाैं । संस्कृतिविद् डा. सत्यमोहन जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
किस्ट अस्पतालमा उपचाररत जोशीको हिजो मंगलबार स्वाब पीसीआर परीक्षणका लागि पठाएकोमा कोभिड–नेगेटिभ पाइएको अस्पताल प्रशासनले आज बुधवार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
१०२ वर्षीय संस्कृतिविद् जोशीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको छातीमा नियोनिया सङ्क्रमण देखिएको थियो । अहिले उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।