• मंसिर १२ २०८१, बुधबार

मगर समुदायबाट अधिकृतमा नाम निकालेकालाई यसरी गरियो सम्मान (फोटो फिचर)

माघ २६ २०७८, बुधबार

काठमाडौँ । मगर समुदायको साझा संगठन नेपाल मगर संघले हालै मगर जातिबाट लोकसेवा आयोगमार्फत् नेपाल सरकारको अधिकृत बन्न सफल भएका युवा मगर अधिकृतहरुलाई एक कार्यक्रकाबीच सम्मान गरेको छ । संघको केन्द्रीय कार्यालय संघीय राजधानी काठमाडौँमा ३५औं व्याचबाट नेपाल सरकारका अधिकृत बन्न सफल भएका २२ जना युवा अधिकृतहरुलाई संघको केन्द्रिय समितिले मंगलबार सम्मान गरेको हो ।

देशभरिबाट नेपाल सरकारको अधिकृत हुन आवेदन गरेका २७ हजार प्रतिष्पर्धीहरुलाई उछिन्दै मगर जातिबाट अधिकृत बन्न सफल भएका उनीहरुलाई एक कार्यकमको आयोजना गरी प्रमाणपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । आयोजित कार्यक्रममा नेपाल सरकारका नयाँ अधिकृतहरुलाई नेपाल मगर कर्मचारी संघका केन्द्रिय अध्यक्ष लिलबहादुर थापामगरले आफ्ना अनुभव सुनाउँदै मगर अधिकृतहरुले घुस नखाई, वरपर नगरी जनता र देशको सेवा गर्नुपर्ने धाराणा व्यक्त गरे ।

कार्यक्रममा हालै शाखा अधिकृत हुनेहरुमध्येबाट गौतम बुढामगरले आयोग तयारीदेखि आयोग पास गरुन्जेलका आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रममा शाखा अधिकृत बुढामगरले निष्पक्ष परीक्षा संचालन गराउने नेपालको लोकसेवा आयोगको प्रसंशा गरेका थिए । यसरी नयाँ अधिकृतहरुलाई आफ्नो जातिको संगठनले सम्मान गरेर हौसला बढाएकोमा उनले नेपाल मगर संघप्रति आभार व्यक्त गरे ।

नयाँ अधिकृतहरुलाई बधाई तथा शुभकामना दिंदै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरले नेपालको राजनैतिक शासन व्यवस्था परिवर्तन भएको भएपनि कर्मचारीतन्त्र राणाकालिन रहेकोले मगर अधिकृतहरुले यसलाई सुधार गर्नुपर्ने धारणा व्यक्त गरे । अधिकृतहरुलाई नेपाल मगर संघको तर्फबाट सम्मान प्रत्र प्रदान गर्नुको साथै नेपाल मगर संघ हङकङले पठाएको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
लोकसेवाबाट नेपाल सरकारको शाखा अधिकृत भएका निम्न अधिकृतहरुलाई कार्यक्रममा सम्मान प्रदान गरिएको थियो ।

१) प्रेम जिएम (कपिलवस्तु)
२) रचना बुढाथोकीमगर (रुपन्देही)
३) तिलक थापामगर (गुल्मी)
४) चुराबहादुर सर्तुंगीमगर (गुल्मी)
५) मानबहादुर सारुमगर (पाल्पा)
६) जीतबहादुर रानामगर (सर्लाही)
७) अनिता मगर (ओखलढुंगा)
८) अन्तिम सिंजाली (चितवन)
९) गीता बरैमगर (सुर्खेत)
१०) प्रेमबहादुर घर्तीमगर (रुकुम)
११) दिनेश सारुमगर (अर्घाखाँची)
१२) चक्रबहादुर घर्तीमगर (सुर्खेत)
१३) सुमित मगर (झापा)
१४) डम्बरबहादुर रजनमगर (सिन्धुली)
१५) नरबहादुर सलामीमगर (दैलेख)
१६) बाबुराम मगर (धादिङ)
१७) नरेन्द्र बुढामगर (रुकुम पश्चिम)
१८) हेमराज घर्तीमगर (रोल्पा)
१९) वीर शमशेर घर्तीमगर (जाजरकोट)
२०) होमबहादुर थापामगर (प्यूठान)
२१) जीतबहादुर रानामगर (तनहुँ)
२२) गौतम बुढामगर (रुपन्देही)

अधिकृतहरुलाई सम्मान गर्न आयोजित कार्यक्रम नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन महासचिव ज्ञानेन्द्र पुनमगरले गरेका थिए ।