• मंसिर ७ २०८१, शुक्रबार

जनस्वास्थ्यमा नयाँ प्रविधि : कोरोना परीक्षण चार मिनेटमै

माघ २६ २०७८, बुधबार

काठमाडौं ।  कोरोना महामारीको नयाँनयाँ भेरियन्ट उत्सर्जन हुँदै जाँदा चिनियाँ वैज्ञानिकहरुले कोभिड परीक्षणको नयाँ यन्त्र निर्माण गरिसकेका छन् । यसले परीक्षण नमूना राखेको ४ मिनेटमै नतिजा देखाउन सफल भएको छ ।

यो नतिजा पीसीआर परीक्षण जत्तिकै स्तरीय र विश्वसनीय भएको वैज्ञानिकहरुले बताएका छन् । सांघाइको फुदान युनिभर्सिटीका खोजकर्ता वैज्ञानिकहरु यसको विश्वभर प्रयोग हुनसक्ने विश्वासमा रहेका छन् ।

उनीहरुले यो परीक्षणलाई थप विकसित गर्न सकिने पनि बताएका छन् । उनीहरुका अनुसार विकसित गरिने यो यन्त्रलाई मानिसहरुको आवत जावत गर्ने नाका, विमानस्थल, क्लिनिक, आपतकालीन विभाग र घरमा समेत प्रयोग गने सकिने छ ।

हालसम्म प्रयोगमा आएको पीसीआर प्रविधिले लिने लामो समयको झन्झटबाट अब मुक्ति पाइने भएको छ । यसका लागि ल्याबको विश्लेषण आवश्यकता पर्दैन ।

यो यन्त्रले डीएनएबाट बनेको अति सुक्ष्म ‘मेकानिकल’ तत्वलाई ‘माइक्रोइलेक्ट्रोनिक्स’ सँग मिलाएर स्वाबको स्याम्पलमा भाइरसको ‘जेनेटिक मटेरियल’ पहिचान गर्छ । अनि त्यसलाई इलेक्ट्रिक सिग्नलमा परिणत गर्दछ ।

यसको प्रयोगका बखत यो यन्त्रलाई स्मार्टफोन या कम्प्युटरसँग ‘कनेक्ट’ गरेर नतिजा उन्मुख बनाइएको हुन्छ । यसको बहनियतालाई हेर्दा पनि आधुनिक र सरल रहेको छ ।

प्रयोग गर्न सजिलो, अतिसंवेदनशील, सटिक र बोकेर ल्याउन लैजान मिल्ने भएकाले यसको प्रयोगमा व्यापकता आउने देखिएको छ । परीक्षणका बखत निकै तिव्र गतिमा नतिजा निकाल्न यो यन्त्रले सहयोग पुर्याउँछ ।

पछिल्लो समयमा निकै आक्रामक र संक्रामक देखिएका कोभिड–१९ का भेरियन्टहरुको परीक्षण र नतिजाअनुसार उपचारको प्रक्रियामा यो उपकरणले निकै साथ दिने देखिएको छ ।

यसको प्रयोगसँगै विश्वव्यापीरुपमा माग बढिरहेकाले स्वदेश र विदेशको उच्च माग धान्न चिनियाँ टेस्टिङ किट निर्माताहरुलाई भ्याइनभ्याइ भैरहेको छ ।

तर यसका बारेमा विश्व स्वास्थ्य संगठनले आधिकारिकता प्रदान गर्न भने बाँकी छ ।

(एजेन्सीको सहयोगमा)