• बैशाख १० २०८२, बुधबार

जसपा फुटको संघारमा : नयाँ पार्टी गठन गर्ने तयारीमा बाबुराम पक्ष

माघ २६ २०७८, बुधबार

काठमाडौं । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ ।

यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म ५१ प्रतिशत पुर्‍याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ ।

अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको, त्यो नमाने बहुमत सदस्यको अधिकार प्रयोग गरेर बैठक बस्ने तयारी रहेको भट्टराई पक्षीय एक नेताले बताए ।

‘सकेसम्म ५१ प्रतिशत पुर्‍याएर जसपा कब्जा गर्ने हो,’ ती नेताले भने, ‘त्यो नभए अर्को पार्टी गठन हुन्छ ।’ ती नेताले पार्टी विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकताको प्रयास हुने पनि जानकारी दिए ।

‘भट्टराईजी र लोसपाका नेताबीच छलफल र भेटघाट भइरहेको छ,’ उनले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।