काठमाडौं । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडाअध्यक्ष विष्णुकुमार भामले मंगलवार एक कार्यक्रमका बिच दलित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।
१ सय ८७ जना आर्थिक अवस्था न्युन भएका दलित, गरिब, विपन्न परिवारलाई पहिचानगरि वडा नं १३ का रुगा, लापु, थार्पका दलित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
वडाअध्यक्ष भामले आफूले पाएको बैठक भत्ता र घरपरिवारको बचत रकमबाट मजदुरीहरुको मुठी बन्द भएको दलित परिवारका बालबालिकालाई शैक्षिक क्षेत्रमा केही आयाम थपियोस भनेर शैक्षिक सामग्री वितरण गरिएको र दलित विद्यार्थीहरुलाई केही राहत होस् भनि घाउमा मलम लगाउने प्रयास गरेको वडा अध्यक्षभामले बताए ।
वडा अध्यक्ष भामले कापि, कलम लगायत अन्य सामग्री सहयोग गरेको बताए । वडा अध्यक्ष भाम यो उनको नौलो करा पनि होइन, उनले निर्वाचित भएर आइसकेपछि आफूले पाउने सेवा सुविधाको रकम कटाएर सार्वजानिक स्थानमा शौचालय निर्माण गरेका छन् भने दीनदुखि र गरिबको पनि सहारा बन्दै आइरहेका छन् ।