• बैशाख २० २०८२, शनिबार

एमसिसी फिर्ता गर्न अमेरिकी सरकारलाई गौतमको आग्रह

माघ २५ २०७८, मंगलवार

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् । मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै गौतमले एमसिसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून भएको भन्दै उक्त परियोजनालाई फिर्ता लान आग्रह गरेका हुन् ।

‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको छ । नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’ जारी विज्ञप्ति भनिएको छ।

नेपालको हितका लागि एकपक्षीय रूपमा भए पनि अमेरिकी सरकारले परियोजना फिर्ता गर्नुपर्नेमा पनि गौतमको जोड छ ।