काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सिंगो जुम्ला समिति नेकपा माओवादी केन्द्रमा समाहित भएको छ। मंगलबार बिहान खुमलटारमा आयोजित एक कार्यक्रमका बीच नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सिंगो जुम्ला समिति नेकपा माओवादी केन्द्रमा समाहित भएको हो।
प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार विप्लव नेपकापाका जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहित जिल्ला सेक्रेटरी, सह-सेक्रटरीलगायत २४ जना भन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गरेका छन् ।