काठमाडौँ। गृह मन्त्रालयले ‘गृह प्रशासन सुधान कार्ययोजना–२०७८’ जारी गरेको छ। गृह मन्त्री बालकृष्ण खाँणले सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच २०६ बुँदे गृह प्रशासन सुधान कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन्।
उक्त कार्ययोजनामा गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तर्जुजा गर्नेदेखि स्थानीय तहबाट नै नागरिकता वितरण गर्नेसम्मको योजना रहेको छ ।
नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा र कानुन महाशाखाले गाँजा औषधीय प्रयोगका लागि ६ महिना कार्यविधि तयार गर्ने काम गरिरहेको मन्त्रालयले जनाएको छ । गाँजाको औषधीय प्रयोगका लागि अनुसन्धान एवं औषधीयजन्य उत्पादनको आधारशीला नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले तयार गर्ने छ ।
यसैगरी, गृहले निश्चिन मापदण्ड पूरा गरेर स्थानयी तहबाटै नागरिकता वितरण गर्ने योजना सार्वजनिक गरेको छ ।
त्यस्तै, प्रहरीको सरुवा र बढुवामा पनि नयाँ मापदण्ड तयार गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्ने, लागूऔषध नियन्त्रणका लागि हरेक जिल्लामा लागूऔषध सचेतना केन्द्र सञ्चालन गर्ने, सीमा सुरक्षा ऐन तर्जुमा गर्ने र हातहतियार खरखजाना ऐन, २०१९ तथा नियमावली, २०२८ मा संशोधन गर्नेलगायतका कार्य गर्ने गृह मन्त्रालयद्वारा सार्वजनिक कार्ययोजनामा उल्लेख छ ।