• बैशाख २० २०८२, शनिबार

स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

माघ २४ २०७८, सोमबार

काठमाडौँ। सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको एक मन्त्रीले जानकारी दिए ।

निर्वाचन आयोगले यसअघि जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। तर सरकारले सोमबार आयोगसँग छलफल गरेर ३० वैशाखमै स्थानीय तह निर्वाचन मिति तोकेको हो।