• बैशाख २३ २०८२, मंगलवार

उत्तर कोरियाले पैसा चोरेर क्षेप्यास्त्र बनाएको राष्ट्र संघको आरोप

माघ २४ २०७८, सोमबार

काठमाडौँ । उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर आफ्नो क्षेप्यास्त्र कार्यक्रम गरेको आरोप संयुक्त राष्ट्र संघले लगाएको छ ।

आफ्नो क्षेप्यास्त्र कार्यक्रममा खर्च जुटाउनको लागि उत्तर कोरियाले लाखौँ अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरेको भनेर संयुक्त राष्ट्रिय संघीय एक प्रतिवेदनले बताएको हो ।

संयुक्त राष्ट्र संघको अन्तरराष्ट्रिय प्रतिबन्धका बाबजुद ध्वनी भन्दा पनि पाँच गुणा बढी छिट्टो गति भएको क्षेप्यास्त्र परिक्षण गरेको दावी गर्ने गरेको उत्तर कोरोयामाथि संयुक्त राष्ट्र संघ स्वयमले यस्तो आरोप लगाएको हो ।

आफ्नो क्षेप्यास्त्र कार्यक्रमको खर्च जुटाउन लागि इस्वी सम्वत २०२० र २०२१ को मध्यसम्म साइबर हमला गरेर उत्तर कोरियाले पाँच करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पति चोरेको राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले आरोप लगाएका छन् ।

राष्ट्र संघीय अनुसन्धान प्रतिवेदनमा साइबर हमला उत्तर कोरियाको आणविक क्षेप्यास्त्र कार्यक्रमका लागि महत्वपूर्ण आर्थिक स्रोत भएको लेखिएको बताइएको छ । गत शुक्रबार संयुक्त राष्ट्र संघको सो प्रतिवेदन प्रतिबन्ध सम्बन्धी समितिलाई बुझाइएको बताइएको छ ।

उत्तर कोरियाका साइबर हमलाको निसाना उत्तर अमेरिका, युरोप र एशियाका तीन ठूला क्रिप्टोकरेन्सी बजार रहेको भनेर सो प्रतिवेदनमा लेखिएको बताइएको छ । सो प्रतिवेदनले गत महिना एउटा सुरक्षा कम्पनी चेनालिसिसले प्रकाशन गरेको अध्ययनलाई समेत उद्धृत गरेको बताइएको छ ।

उक्त अध्ययनले साइबर हमलाहरूबाट गत वर्ष मात्रै उत्तर कोरियाले ४० करोड डलरसम्म डिजिटल मुद्रा चोर्ने प्रयास भएको जनाएको छ । सन् २०१९ को संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाले दुई अर्ब अमेरिकी डलर साइबर हमलामार्फत् आम विनाशकारी कार्यक्रमका लागि जम्मा पारेको अनुमान आरोप लगाएको थियो ।