नेपालगञ्ज। कोरोना सङ्क्रमणबाट भेरी अस्पतालमा बर्दियाकी एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–३ की ६५ वर्षीय महिलाको गएराति १० बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।
उनका अनुसार माघ २२ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएकोमा उनलाई सोही दिन कोभिड वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
तर, स्वास्थ्यमा सुधार नआएकोले उपचारकै क्रममा गएराति १० बजे मृत्यु भएको जानकारी भेरी अस्पतालले गराएको उनले बताए ।