• बैशाख २० २०८२, शनिबार

बुटवलमा अनेरास्ववियु र प्रहरीबीच झडप, ५ जना घाइते

माघ २४ २०७८, सोमबार

बुटवल। लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच झडप भएको छ।

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहकाे निर्वाचन घाेषणा गर्न माग गर्दै सोमबार मुख्यमन्त्री कार्यालय अगाडि गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो।

झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पाेखरेल, बुटवल नगर कमिटी अध्यक्ष राेशन घिमिरे,कृष्ण पौडेल,गुनबहादुर श्रेष्ठलगायत घाइते भएको अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए।

नगर कमिटी अध्यक्ष राेशन घिमिरकाे टाउकाेमा गम्भीर चाेट लागेकाे र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको अनेरास्ववियुले जनाएको छ।