काठमाडौँ। विरोध प्रदर्शन नरोकिएपछि क्यानडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ ।
ओटावाका मेयर जिम वाट्सनले कोभिड महामारीकाबीच राजधानी ओटावामा प्रदर्शन भइरहेको भन्दै नियन्त्रणका लागि सङ्कटकाल घोषणा गरिएको बताएका छन्।
कोरोना विरुद्ध खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने लगायतका नियमप्रति असन्तुष्टि राख्दै ट्रक चालकहरुले केही दिनयता लगातार त्यहाँ प्रदर्शन गरिरहेका छन् ।
लगातारको प्रदर्शनले नागरिकको शान्ति सुरक्षामा खलल पुगेको भन्दै सङ्कटकाल घोषणा गरिएको हो । सङ्कटकाल/आपत्कालको समयमा प्रदर्शन गर्न रोक लगाइएको छ ।
अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना विरुद्धको खोप अनिवार्य गरिएपछि चालकहरुले विरोध प्रदर्शन गरेका हुन् ।
(एजेन्सी )