काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणालगायत विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि नै निर्वाचन आयोगले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरिसकेको छ । आजको बैठकले स्थानीय तहको मितिलाई अन्तिम रुप दिनसक्ने स्रोतको दाबी रहेको छ ।
त्यसअघि, सत्तारुढ गठबन्धनको बैठकले पनि निर्वाचन आयोगको सिफारिस अनुसार नै चुनावको मिति घोषणा गर्नुपर्ने निर्णय गरेको थियो ।