• मंसिर ९ २०८१, आईतवार

एमसीसी पास गर्न सहयोग गरे ओलीका माग सम्बोधन र स्थानीय तहको चुनाव गराउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

माघ २४ २०७८, सोमबार

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता अघि बढाउनु पर्ने धारणा राखेका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रस्ताव गरेका हुन् ।

आइतबार बेलुकी बालुवाटारमा भएको छलफलमा प्रचण्डले एमसीसीलाई चुनावपछि लैजानुपर्ने धारणा राखेका थिए ।

तर, प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने एमसीसीका विषयमा पहिले सत्ता गठबन्धनको स्पष्ट धारणा आउनुपर्ने बताएका थिए ।

छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले संसद् अवरोध खुलाउन सत्ता पक्षले पहल गरोस् भन्ने विषयमा पनि आफूहरूले धारणा राखेको बताएका छन् ।

‘सरकारले संसद्मा प्रतिपक्षीको उपस्थिति चाहन्छ भने एमालेका मागहरु सम्बोधन गर्नुपर्छ भनेका छौं,’ उनले भने ।

स्थानीय तहको निर्वाचन समयमै गर्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले व्यक्त गरेको पोखरेलले बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।