बाजुरा । बाजुराको जिल्लाको बुढीगङ्गा नगरपालिका- ६ बाम्का बजार नजिकै शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।
फालासैनबाट बाम्का जाँदै गरेको सुप्रप-०१-००८प ४०५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको हो।
अछाम जिल्ला घर भई बाम्का बजारमा सुन चाँदी पसल गर्दै आएका मोटरसाइकल चालक बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको र त्यसमा सवार त्रिवेणी नगरपालिका- ४ का गगन साउद घाइते भएको प्रहरीले जनाएको छ।
साउद सख्त घाइते भएकाले अछामको बयालपाटा अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ।