• बैशाख २० २०८२, शनिबार

खैरो हेरोइनसहित दुई जना पक्राउ

माघ २३ २०७८, आईतवार

झापा । सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका १५ कालिकास्थित सीमा इलाकाबाट करीब १७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारतको दार्जिलिङ बतासे ग्राम पञ्चायत घर बताउने २७ वर्षीय मोहमद सुल्तान र २७ वर्षीय रन्जित गणेश छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ज्यामिरेबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हेरोइन फेला पारेको हो।

पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोइनसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।