काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनाव पछाडि मात्र अगाडि बढाउन प्रस्ताव गर्न आग्रह गरेका छन् ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई घण्टा छलफल भएको थियो। छलफलमा एमसीसी अगाडि बढाउन सहयोग मागेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई चुनावसम्म स्थगित गर्ने प्रस्ताव गरे ।
‘एमसीसीका सन्दर्भमा उनले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गरोस् वा संयुक्त रुपमा प्रतिपक्ष समेत भएर चुनाव पछाडि मात्र अगाडि बढाउन उचित हुन्छ भनेर प्रस्ताव पठाउँ भनेर आग्रह गरेको छ ।’