• बैशाख ६ २०८२, शनिबार

फागुन १ बाट देशभरका विद्यालय खुल्ने

माघ २३ २०७८, आईतवार

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको छ ।

आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।

सीसीएमसीसीकी प्रवक्ता नेपालका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको हो ।

बैठकले सोमबारदेखि जोर-बिजोर हटाउन सिफारिस गरेको छ ।