काठमाडौँ। कोरोना सङ्क्रमण दर घट्दै गएपछि काठमाडौंमा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न केहीबेरमा उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ ।
कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आज बसेको बैठकपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्न लागेको हो।
बैठकमा अहिलेसम्मको निर्देशन कार्यान्वयनको समीक्षाका साथै उपत्यकाभित्र सवारी साधनमा लगाएको जोर–बिजोर प्रणाली हटाउने विषयमा पनि छलफल हुने जनाइएको छ।