काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भर्खरै भेटवार्ता सुरु भएको हो।
भेटवार्तामा तीन नेताबीच स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विषयमा छलफल हुने बताइएको छ ।
भेटवार्तामा तीन नेतासँगै एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका छन् ।