• बैशाख १९ २०८२, शुक्रबार

प्रधानमन्त्री देउवा, अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

माघ २३ २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे उनीहरुबीच भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तीन नेताबीचको भेटमा स्थानीय तहको निर्वाचन,अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लगायत विषयमा छलफल हुने बताइएको छ।