• बैशाख १९ २०८२, शुक्रबार

प्रदेश-१ मा मन्त्रिपरिषद विस्तार, को-को बने नयाँ मन्त्री ?

माघ २३ २०७८, आईतवार

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद् विस्तार गरेका छन् । आइतबार मुख्यमन्त्री राईले सातबाट १३ वटा मन्त्रालय पुर्याउँदै मन्त्रीपरिषद् विस्तार हुन् ।

राई नेतृत्वको मन्त्रिपरिषदमा ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री छन्। हिमाल कार्की सडक पूर्वाधार तथा सहरी विकास मन्त्री भएका छन् । केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री रहँदा जयराम यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्रीमा रामकुमार राई नियुक्त भएका छन्। सामाजिक विकासमा राजन राई, पर्यटन तथा संस्कृतिमा खिनुलङवा लिम्बु, कृषिमा झलकबहादुर मगर, वन वातावरण तथा भू-संरक्षणमा शेखरचन्द्र थापा नियुक्त भएका छन् ।

यस्तै, ओमप्रकाश सरावागी उद्योग, श्रम तथा रोजगार मन्त्री र प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका छन् भने उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् । र, सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फे नियुक्त भएका छन् ।