• बैशाख १९ २०८२, शुक्रबार

अस्ट्रियामा हिमपहिरोमा परी ८ जनाको मृत्यु

माघ २३ २०७८, आईतवार

भियना। पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ ।

शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ। अस्ट्रिया-स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन्।

अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन्।-एजेन्सी