• मंसिर १३ २०८१, बिहीबार

सुनचाँदीको मूल्य स्थिर

माघ २३ २०७८, आईतवार

काठमाडौँ। । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।