• बैशाख १९ २०८२, शुक्रबार

गायिका लता मंगेशकरको निधन

माघ २३ २०७८, आईतवार

काठमाडौँ। भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो।

उनलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

उनले हिन्दीका साथै थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।