• बैशाख १९ २०८२, शुक्रबार

राष्ट्रपति भण्डारीलाई भेट्न पुगे एमाले अध्यक्ष ओली

माघ २२ २०७८, शनिबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भेटवार्ता गरेका छन्।

सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न आलटाल गरिरहेका बेला चुनावबारे समाधान धारणा राख्ने राष्ट्रपति र ओलीबीच शनिबार बेलुका शीतल निवासमा भेटवार्ता भएको हो। भेटमा राष्ट्रपति भण्डारी र ओलीबीच चुनावसँगै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बुझिएको छ।

अघिल्लो हप्ता राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात बुँदे लिखित नोट बुझाउँदै स्थानीय तहको चुनावको वैशाखमै गराउन दबाब दिएकी थिइन्।

एमाले र ओलीको राजनीतिक लाइनसँग मिल्ने राष्ट्रपति भण्डारीको उक्त दबाबपूर्ण नोटपछि पाँच दलीय गठबन्धन र सरकार आउँदो जेठ पहिलो साताभित्रै स्थानीय तहको चुनाव गराउन तयार भएको छ।