• बैशाख १९ २०८२, शुक्रबार

मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबस्नु : गृहमन्त्री खाँण

माघ २२ २०७८, शनिबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ल्ला अधिकारीहरुलाई अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबस्न निर्देशन दिएका छन् ।

जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे आज आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री खाँणले आफ्नो दायित्व पूरा गर्ने तथा प्रभावकारी रुपमा कर्यासम्पादन गर्न निर्देशन दिएका हुन् । उनले जुन दिनसम्म जिल्लामा रहिन्छ त्यसदिनसम्म प्रभावकारी काम गर्न सुझाव दिए।

सरकारको प्रतिनिधि भएकाले जिल्लामा सुरक्षा निकायलाई परिचालन गर्ने जिम्मेवारी प्रजिअको रहेकाले सुरक्षा समिति र कतिपय अवस्थामा सर्वदलीय राजनीतिक बैठक बसालेर भए पनि प्रभावकारी काम गर्नुपर्ने जिम्मेवारी प्रजिअको रहेको उनले बताए।

बैठकमा एक प्रदेशबाट एक प्रजिअले वस्तुस्थितिबारे जानकारी गराएका थिए । प्रदेश नं १ बाट मोरङका प्रजिअ काशीराज दाहाल, मधेस प्रदेशबाट पर्साका प्रजिअ उमेशकुमार ढकाल, बागमती प्रदेशबाट मकवानपुरका प्रजिअ भरतमणि पाण्डे, लुम्बिनी प्रदेशबाट रुपन्देहीका प्रजिअ ऋषिराम तिवारी गण्डकी प्रदेशबाट कास्कीका प्रजिअ जयराज आचार्य, कर्णाली प्रदेशबाट सुर्खेतका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशबाट कैलालीका प्रजिअ किरण थापाले प्रदेशको वस्तुस्थितिकाबारे जानकारी गराएका थिए ।