• फाल्गुन २६ २०८२, मंगलवार

मुम्बई विष्फोटका प्रमुख योजनाकार २९ वर्षपछि यूएईबाट पक्राउ

माघ २२ २०७८, शनिबार

काठमाडौँ। सन् १९९३ मा भएको मुम्बई विष्फोटका प्रमुख योजनाकार अबु बकर अब्दुल गफूर शेख यूएईमा पक्राउ परेका छन् । झण्डै तीन दशकपछि भारतीय सुरक्षा एजेन्सीहरुको सहयोगमा बकर पक्राउ परेका हुन् ।

सन् १९९३ मा मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोटमा २५७ जनाको मृत्यु भएको थियो भने ७१३ जना मानिसहरु घाइते भएका थिए ।

दाउद इब्राहिमको निकट सहयोगी मानिने उनलाई भारत सुपुर्दगी गर्ने तयारी गरिएको  बताइएको छ ।

पछिल्लो २९ वर्षमा अबु बकर भारतको मोस्ट वान्टेडको सूचीमा रहँदै आएका थिए । सन् १९९७ मा उनलाई पक्राउ गर्न भारतले रेड कर्नर नोटिस जारी गरेको थियो । उनी पाकिस्तान र यूएईमा बस्दै आएको बताइएको छ।

(एजेन्सी )