• बैशाख ६ २०८२, शनिबार

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

माघ २२ २०७८, शनिबार

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

माघ २१ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन भएको ग्रेडवृद्धि (पूरक) परीक्षार्थीको परीक्षाफल प्रकाशित गरिएको बोर्ड परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा सम्मिलित ४२ हजार ४७ मध्ये ४ जनाको परीक्षा रद्द भएको छ भने बाँकी परीक्षार्थीको नतिजा प्रकाशन भएको छ।

ग्रेडवृद्धिको नतिजा बोर्ड र नेपाल टेलिकमको वेबसाइटका साथै नेपाल टेलिकमको १६०० मा एसएमएस र १६०१ नम्बरमा डायल गरेर प्राप्त गर्न सकिनेछ ।