• मंसिर १२ २०८१, बुधबार

‘ए मैना’मा मस्किदै लोमश र नम्रता

माघ २२ २०७८, शनिबार

काठमाडौँ । लोकदोहोरी गीत ‘ए मैना’को भिडियो सार्वजनिक भएको छ । डिजिटल सामाजिक संजालमा सार्वजनिक भएको सो गीत चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार र गायक कुशल विश्वकर्माको सुमधुर स्वरमा सजिएको छ । ‘ए मैना’ बोलको उक्त गीतका शब्द दिपक केसीले सिर्जना गरेका छन् भने गीतमा कुशल विश्वकर्माले संगीत सिर्जना गरेका छन् । गीतमा रुपी स्याङ्जाली, प्रेमा राना, आयुष परियार र पुण्य थापाको कोरस तथा सामूहिक आवाज रहेको छ । कृष्ण केसीले संगीत संयोजन गरेको सो गीतको अडियो भिडियो झझल्को डिजिटलले निर्माण गरेको छ ।

कलाकारद्वय लोमश शर्मा र नम्रता सापकोटाले सो गीतको भिडियोमा बेजोड नृत्य तथा रोमान्स गरेका छन् । दिलिप रेग्मीले निर्देशन गरेको उक्त गीतको भिडियोलाई चित्र मास्कीले नृत्य निर्देशन गरेका छन् । राम केसीको क्यामरा तथा ड्रोनले भिडियोका दृश्यहरुलाई क्यामरामा कैद गरेको छ भने अमृत चापागाईंले भिडियोलाई सम्पादन गरेका छन् । जनता डिजिटलले पोष्ट प्रोडक्शन गरेको सो भिडियो झझल्को डिजिटलको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेरौं भिडियो ⇓