• बैशाख १९ २०८२, शुक्रबार

२ कोरियाको मिलनका लागि यूपीएफको शान्ति अभियान

माघ २२ २०७८, शनिबार

काठमाण्डौं । युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित विश्व शान्ति र कोरियाली प्रायद्विपको पुनः एकीकरण विषायक तीन दिने भर्चुअल सम्मेलन सम्पन्न भएको छ । सेमिनार ‘थिंक ट्यांक २०२२’ को निरन्तरताको रुपमा भएको थियो । यसको उद्देश्य सात दशकदेखि विभाजित कोरियाली प्रायद्विपका दुई राष्ट्र उत्तर र दक्षिण कोरियाको एकीकरण र विश्व शान्ति स्थापना गर्नु रहेको छ ।

भर्चुअल सेमिनारमा भाग लिन एसिया प्रशान्त र विश्वभरबाट लगभग ४,५०० जनाले नाम दर्ता गरेका थिए । सहभागीहरु २,२०,००० भन्दा बढीले लाइभ–स्ट्रिम र सामाजिक संजालबाट भाग लिएको आयोजकले जनाएको छ । युपीएफले कोरियाली प्रायद्वीपमा र विश्वमा शान्ति निर्माणको लागि अद्वितीय अभिन्न रुपमा छ । युपीएफका संस्थापक दिवंगत डा. सन म्योङ्ग मुन र उहाँकी धर्मपत्नी श्रीमती डा.हाक जा हान मुन, दुबै उत्तर कोरियामा जन्मिएर दक्षिण कोरिया आउनुभयो ।

त्यहाँ उनले एउटा बहुपक्षीय, वैश्विक शान्ति संजाल स्थापना गरे जसले १६० राष्ट्रहरूमा कार्यक्रमहरु आयोजना गर्दछ । यूपीएफको अन्तराष्ट्रिय मुख्यालय दक्षिण कोरियामा छ । राष्ट्रप्रमुख, सांसद, महिला नेतृ, सबै धर्मका धार्मिक नेतृत्वहरु, मिडियाका व्यक्तित्वहरु, व्यवसायिक उद्यमीहरु, एकेडेमीसियन कलाकारहरु र युवाहरु सबै क्षेत्रमा काम गर्दै आएको छ ।

मुनले हालसालै यूपीएफको उत्कृष्ट छवि र यसको शान्ति राजदूतहरुको अन्तराष्ट्रिय संजालको प्रयोग गरेर कोरियाली प्रायद्वीपलाई पुनर्मिलन गर्न नयाँ प्रयास शुरु गर्नुभएको छ । युपीएफका एसिया प्रशान्त अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले “विश्व शान्ति संपूर्ण मानवको सपना हो जातजाति, भाषा, राष्ट्रियता, धर्म र दर्शनको माध्यमबाट विश्व टुक्राटुक्रा भएको हुनाले अबको पुस्ताले यी विभाजनभन्दा माथी उठ्न सकेको खण्डमा कोरियाली प्रायद्विपको एकीकरण र विश्व शान्ति हाम्रै जीवनकालमा संम्भव रहेको बताए ।

विश्व शान्ति परिवार संघ एसिया प्रशान्त १ का अध्यक्ष डेमियन डंक्लीले मुनको सपना विश्वमा शान्ति स्थापना गर्नु भएकोले सम्पूर्ण मानवजातिले उहाँको सपना साकार पार्न आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु अपरिहार्य भएको बताए ।

सम्मेलनमा नेपालका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, युपिएफका अन्तराष्ट्रिय अध्यक्ष डा.थोमस जि. वाल्स, भारतीय आम आदमी पार्टिका नेता अजय दत्त लगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए । तीन दिने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी थिए । जसमा सांसद, महिला नेत्रीहरु, व्यवसायी, विश्वासमा आधारित संगठनहरु, नागरिक समाज, शिक्षाविद, मिडिया संस्कृति र खेलकुद, साथै युवाहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा पूर्वराष्ट्रप्रमुख, प्रथम महिला, संसदका सदस्य र सरकारी मन्त्रीहरू सम्मिलित थिए । सम्मेलनमा ३८ राष्ट्रहरुको प्रतिनिधिहरु सहभागी थिए सम्मेलनलाई आठ भाषाहरूमा एक साथ अनुवाद गरिएको थियो । युपिएफले दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना गर्न लागेको ‘विश्व शिखर सम्मेलन’को पूर्वसन्ध्यामा आयोजना भएको यो समारोहलाई महत्वको साथ हेरिएको छ ।

कम्बोडियाका प्रधानमन्त्री सामदेक हुनसेन र युएनका पूर्वमहासचिव वान कि मुनको समेत सहभागितामा यहि ११–१४ फेबुअरी २०२२ मा दक्षिण कारिएको राजधानी सियोलमा विश्व शिखर सम्मेलन हुँदैछ । आयोजकले उक्त विश्व शिखर सम्मेलनमा दुई लाख मानिसले प्रत्यक्ष सहभागिता जनाउने र दस लाख भन्दा बढिले अनलाइनमार्फत् सहभागिता जनाउने आयोजकले बताएका छन् ।