• बैशाख १९ २०८२, शुक्रबार

स्याङ्जामा जीप दुर्घटना : दुई जनाको मृत्यु

माघ २२ २०७८, शनिबार

स्याङ्जा । स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिरुवा गाउँपालिका ३ धोवादीस्थित भित्री सडकमा शनिबार बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जीपमा सवार बिरुवा–३ खालिका २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

बेलबहादुर जीपका चालक हुन भने भेषबहादुर जीपका सहचालक हुन् । जीप सडकबाट ५०० मिटर तल खसेको थियो।