• बैशाख १९ २०८२, शुक्रबार

बेहुली लिएर फर्कदै गरेको जीप दुर्घटनामा परी ६ जनाको मृत्यु

माघ २२ २०७८, शनिबार

काठमाडौं । प्युठानको गौमुखी गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बेहुली लिएर फर्किंदै गरेको ग १ ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा त्यसमा सवार ६ जनाको मृत्यु भएको हो ।

उक्त जीपमा रहेका अन्य ७ जना घाइते भएका छन् । प्युठानका डीएसपी सत्यनारायण थापाले दिएको जानकारीअनुसार उक्त जीप दुर्घटनामा भएका मृतकको सनाखत हुन बाँकी छ ।

घाइतेहरुलाई अस्पताल पुर्याइसर्किको छ । बिबाहका लागि बुकिङ गरिएको जीप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङतिर फर्कदै थियो ।

बेहुलीसहितको जन्ती लिएर फर्कने क्रममा शनिबार बिहान करीब ३.० बजे उक्त दुखद दुर्घटना हुन गएको थियो । डीएसपी थापाका अनुसार दुर्घटनास्थल सदरमुकामभन्दा टाढा भएकाले घटनाको सबै विवरण आउन बाँकी रहेको छ ।

घाइतेहरूलाई जिल्ला अस्पताल पुर्याई उपचार सुरु भैसकेको छ । तर घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ । इलाका प्रहरी कार्यालयबाट १५ किलोमिटर टाढा रहेको घटनास्थल बेहुलाको घर नजिकै पर्छ ।