• बैशाख १९ २०८२, शुक्रबार

१८ करोड राजस्व छली गरेको आरोपमा ४ जना विरुद्ध उच्च अदालतमा मुद्दा

माघ २१ २०७८, शुक्रबार

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले ब्रिङ मिडिया डिष्ट्रिव्यूसयन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, सोही मिडिया डिष्ट्रिव्यूसनका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्रीविरुद्ध राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

विभागले स्टार इन्डिया प्रालि भारतका आधिकारिक विक्रेता जुपिटर मिडिया प्रालि भारतका प्रोप्राइटर अञ्जली अरोराविरुद्ध पनि मुद्दा दायर गरेको हो।

विभागले शुक्रवार विज्ञप्ति जारी गर्दै उनीहरुविरुद्द १८ करोड २७ लाख ८३ हजार ७ सय ५२ रुपियाँ राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको जनाएको छ।