• बैशाख १९ २०८२, शुक्रबार

सुरक्षाको भरपर्दो व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन

माघ २१ २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुशासन र विकासको पूर्व सर्त सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।

रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।

शुक्रवार सिंहदरवारस्थित रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा उनले विकास निर्माणको कामलाई सहज ढङ्गले अघि बढाउन पनि सुरक्षा जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पारे ।

बैठकमा प्रधानमन्त्री देउवाले नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापना लगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।