काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् ।
यसअघि गत मंगलबार प्रधानमन्त्री देउवाले नुवाकोटका किरण गजुरेललाई भाषण तथा वक्तव्य विज्ञ समूहमा रहने गरी नियुक्त गरेका थिए।