काठमाडौँ। सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । सो पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसम प्रतिकुल भएको भन्दै राजमार्ग केन्द्रित आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो।
‘माघ २० गते रातिबाट नेपालमा आँधीबेरी, असिना र वर्षासहित मौसम अतिप्रतिकूल हुनआएको र यस्तो मौसम करीब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिका/नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्नहुन अनुरोध छ।’ पार्टीका महासचिव श्रीचन्दन सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मौसममा सुधार भएपछि आगामी फागुन १ गतेदेखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट निर्णय गरिने पनि सो पार्टीले जनाएको छ।