काठमाडौं । हुम्लामा हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न हिमपातका कारण बन्द भएको छ । हिमपातका कारण हवाईउडान समेत अवरुद्ध भएको छ।
हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ। यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण काम एक हप्ताका लागि स्थगन गरिएको छ।