• बैशाख १९ २०८२, शुक्रबार

वडासचिव ३५०० रुपैयाँ घुससहित पक्राउ

माघ २० २०७८, बिहीबार

बारा । बाराको कोल्हवी नगरपालिका, वडा नम्बर ११ रामपुर्वाका वडासचिव (नायब सुब्बा) घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ३ हजार ५०० रुपैयाँ घुस लिँदै गरेको अवस्थामा बाराको एउटा नगरपालिकाका वडासचिव नासु बिनोद प्रसाद साह ३ हजार ५०० रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीलाई साहलाई पक्राउ गरेको हो।

साहलाई सेवाग्राहीबाट घुस रकम लिइ सकेको अवस्थामा अवस्थामा उक्त रकमसहित उनकै कार्यालयबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवप्रसाद भण्डारीले जानकारी दिए।