म्याग्दीमा कुनै बेलाको लंकाका राजा रावणको मूर्ती बनाउन थालिएको छ । जिल्लाको बेनी नगरपालिका–५ पछैमा निर्माण हुन लागेको रावण पार्कमा रावणको सो मूर्ति बनाइँदैछ ।
बेनी नगरपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा पछैमा रावण पार्क निर्माण शुरु भएको हो । रामायणमा अयोध्याका राजा राम र लंकाका राजा रावणको लडाइँ भएको कथा छ ।
कथामा रामलाई भगवान र रावणलाई राक्षसको रुपमा उभ्याइएको छ । म्याग्दीमा रावणले तपस्या गरेको भनाई रहि आएको छ । तस्विर आशिष परियारको फेसबुकबाट ।