• मंसिर ७ २०८१, शुक्रबार

घोडा पुरिएको स्थानबाट १४ सय वर्ष पुरानो मानिसको अस्थिपन्जर भेटियो

माघ २० २०७८, बिहीबार

विभिन्न उत्खनन्बाट शताब्दीऔं पुराना अनौठा घटना र इतिहासबारे थाहा पाउन सकिन्छ । यस्तै अनौठो घटना जर्मनीका अनुसन्धानकर्ताले फेला पारेका छन् ।

अनुसन्धानकर्ताले टाउको नभएको घोडा पुरिएको स्थानबाट एउटा मानिसको अस्थिपन्जर भेटेका छन् । दक्षिणी जर्मनीमा फेला परेको यस्तो अस्थिपन्जर १४ सय वर्षअघिको हुन सक्ने अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् ।

तर, टाउकोबिहीन घोडाको अवस्थालाई लिएर अझै पनि रहस्य बढेको छ । ती व्यक्ति कुलीन वर्गको सदस्य भएको अनुसन्धानकर्ताले विश्वास गरेका छन् ।

‘उनी मेरोभिंगियन राजाहरुसँग ‘चेन अफ कमान्ड’ मा रहेको र उनी राजाको अभियानमा सहभागी हुन बाध्य भएको देखिन्छ’, पुरात्वविद फल्के डामिंगरले लाईभ साइन्सलाई भने । घोडाको शिरच्छेदन अन्तिम संस्कारको एउटा पाटो भएको हुन सक्ने दामिंगरले बताए ।

दामिंगरका अनुसार उनका परिवारले ती व्यक्तिलाई अरुका अगाडि धनी देखिऊन भनेर उनलाई घोडासँगै पुरिएको हुनसक्छ ।

मृत्युपछि उनलाई चढेर हिंड्न पाउने विश्वासमा शवसँगै घोडा राखिएको अनुमान गरिएको छ । घोडाको टाउको अहिलेसम्म फेला परेको छैन । एजेन्सी ।