• मंसिर २० २०८१, बिहीबार

ढुङ्ङ्गो खुबै पुजियो !

माघ २० २०७८, बिहीबार

देउता बनाएर
ढुङ्गैढुङ्गा कुँदेर सुन्दर मन्दिर बने
भब्य धर्मशाला बने
चारैतिर
ढुङ्गाका धेरै अवतार बने
आस्था र विश्वासका केन्द्र मानेर
धेरैले धेरै भाकल गरे
पुराण लगाएर ब्रत बसे
निरन्तर भजनकीर्तन चलिरहे
मानव शान्तिका लागि
तर
मान्छेले मान्छेको गला रेट्दा पनि
मन्दिर ठिङ्ग उभिएर हेरिमात्र रह्यो
तमासे भएर ।